नेपाल सरकार

कृषि तथा पशुपन्छी विकास मन्त्रालय

प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना

परियोजना कार्यान्वयन इकाई, तेह्रथुम

कार्य क्षेत्र : तेह्रथुम, धनकुटा


परिचय

कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व बृद्धि गर्ने स्पष्ट मार्गचित्रका साथ कृषि उपजको उत्पादनका लागि आवश्यक प्राविधिक तथा उत्पादन सामाग्री ब्यवस्था, बाली/बस्तु उत्पादनमा यान्त्रिकरण प्रशोधन तथा बजारिकरणको लागि आवश्यक पूर्वाधारको व्यवस्था जस्ता क्रियाकलाप  मार्फत कृषि क्षेत्रको आधुनिकिकरण र ब्यवसायिकरणको परिकल्पना गरेको छ।यो परियोजना स्वदेशीसोच, स्वदेशी लगानी र आन्तरिक संस्थागत जनशक्ति बाट तयार पारिएको हो।कृषि विकासरणनीति कार्यान्वनको सहयोग गर्ने यसप्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना आ..२०७३/०७४ देखी २०८२/०८३ सम्म १0 बर्षका लागि देशभर सन्चालनमा आएकोछ।यस परियोजना अन्तर्गत परियोजना कार्यान्वयन इकाई, अलैंची जोन तेह्रथुमको स्थापना मिति २०७६ कात्तिकगते भएको हो।

उदेश्य

आयोजनाका  उद्धेश्यहरु:

·          अलैची तथा तरकारी उत्पादनको मुल्य अभिवृद्धि गर्दै प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्ने ।

·          कृषिलाई सम्मानजनक नाफामूलक ब्यवसायका रुपमा  विकास गरी  रोजगारी  सृजना गर्ने ।

·         बहुसरोकारवाला निकायहरुबीचको  कार्यमुलक समन्वय मार्फत  प्रभावकारी सेवा  प्रवाहको सुनिश्चतता कायम गर्ने ।

जोनको उद्धेश्यहरु:

अलैची उत्पादनप्रशोधन तथा बजारीकरणका पात्रहरुको सबलीकरण र सुदृढीकरण गर्दै अलैची तथा तरकारी उत्पादन प्रशोधन र बजारीकरणमा टेवा पुर्याउदै जोन क्षेत्रको दायरा फराकिलो पारी सुपरजोन हुदै अलैची  तथा तरकारी उत्पादनमा संभाव्य क्षेत्रहरुको पहिचान मार्फत अलैची तथा तरकारी उत्पादन क्षेत्रको विस्तार गर्ने, अलैची तथा तरकारी अनुसन्धान शिक्षा र प्रसारको समन्वय गर्ने र  स्वदेशी उत्पादनमा आत्मनिर्भर भई अलैची तथा तरकारि निर्यातमा सहयोग पुर्याउने ।

योजना

.

© 2020 Copyright : परियोजना कार्यान्वयन इकाई, तेह्रथुम, कार्य क्षेत्र : तेह्रथुम, धनकुटा
Last Updated: 2021/02/22
Developed By: Ninja Infosys Pvt. Ltd.