परिचयः
कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व बृद्धि गर्ने स्पष्ट मार्गचित्रका साथ कृषि उपजको उत्पादनका लागि आवश्यक प्राविधिक तथा उत्पादन सामाग्री ब्यवस्था, बाली/बस्तु उत्पादनमा यान्त्रिकरण प्रशोधन तथा बजारिकरणको लागि आवश्यक पूर्वाधारको व्यवस्था जस्ता क्रियाकलाप मार्फत कृषि क्षेत्रको आधुनिकिकरण र व्यवसायिकरणको परिकल्पना गरेको छ। यो परियोजना स्वदेशी सोँच, स्वदेशी लगानी र आन्तरिक संस्थागत जनशक्ति बाट तयार पारिएको हो। कृषि विकास रणनीति कार्यान्वनको सहयोग गर्न प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना आ.व.२०७३/७४ देखी २०८२/८३ सम्म १० बर्षका लागि देशभर सन्चालनमा आएको र यस परियोजना अन्तर्गत अलैंची जोन तेह्रथुमको स्थापना मिति २०७६ कात्तिक ३ गते भएको हो। आ.ब.२०८२/८३ देखि यस परियोजनाको नाम राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ तेह्रथुम र सम्पर्क कार्यालयः तेह्रथुमको म्याङलुङ र धनकुटाको सिरवानी र सिँधुवामा रहेको छ।
कार्यक्रमका उद्धेश्यहरु:
- अलैची, तरकारी र सुन्तला उत्पादनको मुल्य अभिवृद्धि गर्दै प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्ने ।
- कृषिलाई सम्मानजनक नाफामूलक व्यवसायका रुपमा विकास गरी रोजगारी सृजना गर्ने ।
- बहुसरोकारवाला निकायहरुबीचको कार्यमुलक समन्वय मार्फत प्रभावकारी सेवा प्रवाहको सुनिश्चतता कायम गर्ने ।
जोनको उद्धेश्यहरु:
अलैची, तरकारी र सुन्तलाको उत्पादन प्रशोधन तथा बजारीकरणका पात्रहरुको सबलीकरण सुदृढीकरणमा टेवा पुर्याउदै जोन क्षेत्रको दायरा फराकिलो पारी सुपरजोन हुदै उत्पादनमा संभाव्य क्षेत्रहरुको पहिचान मार्फत उत्पादन क्षेत्रको विस्तार गर्ने, अनुसन्धान शिक्षा र प्रसारको समन्वय गर्ने र स्वदेशी उत्पादनमा आत्मनिर्भर गराइ निर्यातमा प्रवर्द्धनमा सहयोग पुर्याउने ।